कोरोना भाइरसः ज्यान गुमाउनेको संख्या १७० पुग्यो

माघ १६, काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ७० पुगेको छ भने १ हजार ७ सय व्यक्ति संक्रमित छन् ।   

कोरोना भाइरसबाट विश्वभर ७ हजार भन्दा बढी व्यक्तिहरु संक्रमित भएको पुष्टि भएको छ ।   

त्यस्तै १२ हजारभन्दा बढीमा सङ्क्रमण देखिएको आशङ्का गरिएको छ । 

Image result for काेराेना भाइरस"

संक्रमण फैलिएपछि विश्वभर नै पर्यटन आवागमनमा विशेष सक्रियता अपनाउन थालिएको छ । चीनमा कोरोना संक्रमितहरुका लागि छुट्टै अस्पताल समेत बनाइँदै छ भने नेपालमा पनि उच्च सतकर्ता अपनाउन थालिएको छ ।   

कारोना संक्रमणको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षणको निम्ति दुई जना भर्ना भएका छन् । चीनबाट फर्किएका उनीहरुलाई कोरोना भाइरस परीक्षणको निम्ति बुधबार अस्पतालको आइसोलेसन बेडमा भर्ना गरिएको हो । आवश्यक परीक्षणपछि मात्रै उनीहरुको स्वास्थ्य स्थितिबारे भन्न सकिने अस्पतालले जनाएको छ ।   

यसअघि नेपालमा एक जना युवकलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो भने तीन जना संक्रमणको आशंका गरिएकाको रिपोर्ट नेगेटिभ आएको थियो ।   

कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क स्थापना गरेको छ, जहाँ शुक्रबारदेखि थर्मल स्क्यानर मेसिन जडान गरिएको  थियो। 

विश्व स्वास्थ्य संगठन ९डव्लुएचओ०को समन्वयमा ल्याइएको यो मेसिन सञ्चालनमा आएपछि अब सबै विमानका यात्रुहरु अध्यागमनमा जानुअघि नै ज्वोरो नाप हुन्छ ।   

विमानस्थल हेल्थ डेस्कमा कार्यरत एक कर्मचारीकाअनुसार थर्मल स्क्यानरले सबै हवाई यात्रुको फेस अटोमेटिक रूपमा डिटेक्ट गरी ज्वरो परीक्षण गर्छ । 

यस्तै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसलाई लिएर उच्च सतर्कता अपनाउन विश्वलाई आग्रह गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको आपतकालीन स्वास्थ्य कार्यक्रमले कोरोना भाइरसबारे सचेत रहन र यसविरुद्ध लड्न विश्वलाई आव्हान गरेको हो ।   

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अमेरिका, अस्ट्रेलिया, थाइल्याण्ड, फ्रान्ससँगै विश्वका १६ देशमा पुगिसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *