बहुमूल्य सामान पार्सल पठाएको भन्दै ठगी गर्ने पाँचजना पक्राउ

पुष २५, काठमाडौं । विदेशबाट बहुमूल्य सामान पार्सल पठाएको भन्दै ठगी गर्ने दुई विदेशी पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा विदेशी नागरिकका नाममा आइडी खोलेर ठगी धन्दा चलाउने पाँचजनालाई प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।   

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)  ले फेसबुक, हवाट्सएप, भाइबर, इमोजस्ता सामाजिक सञ्जाल प्रयोग गरी ठगी गरेको अभियोगमा एकजना नाइजेरियका नागरिक, एकजना आइभरीकोस्ट नागरिक र तीनजना नेपाली नागरिकलाई पक्राउ गरेको हो ।   

पक्राउ पर्नेहरुमा मुख्य अभियुक्त नाइजेरिया नागरिक सिरिल चिनोन्सो इबे, आइभरीकोष्ट नागरिक आसापे अड्जी पिरेजान, नेपाली नागरिक चितवनका रामचन्द्र गैरे, ठमेलका उमेश श्रेष्ठ, र चितवनकै हरि ओझा रहेका छन् ।   

विदेशी नागरिकहरुको नाममा फेसबुक खोलेर नेपालका विभिन्न व्यक्तिहरुलाई साथी बनाएर बहुमूल्य सामान, बेलायती पाउण्ड तथा अमेरिकी डलर समेत भएको पार्सल पठाइदिन्छु भन्दै सामाजिक सञ्जाल मार्फ फोटो पठाएर झुठो प्रलोभनमा पार्ने गरेको सीआईबीले जनााएको छ। 

उनीहरुले ‘सामानको फोटो फेसबुकमा पठाई सो पार्सल एअरपोर्टमा (ट्याक्स क्लियरेन्स) नभएर अड्किएको छ । सो सामान छुटाउन तपाईले ट्याक्स तिर्नुपर्छ भनि लाग्ने रकम माग्ने र ठगी गर्ने गरेको पाइएको छ । 

उनीहरूले सामाजिक सञ्जालका अतिरिक्त नेपाली मोबाइल नम्बरबाट फोन गरी तपाईंको नाममा पार्सल पठाएको र लिन शुल्क तिर्नुपर्ने भन्दै विभिन्न व्यक्तिबाट २० लाखभन्दाबढि ठगी गरेका पाइएको प्रहरलिे जानकारी दियो । 

महत्वपूर्ण पार्सल आएको र त्यसका लागि शुल्क तिर्नुपर्ने भन्दै उनीहरूले नेपालका विभिन्न बैङ्कको खाता नम्बर दिइ रकम जम्मा गर्न लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकालाई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी सो सम्वन्धमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *