प्राइम कमर्सियल बैंकको वार्षिक साधारण सभा सम्पन्न

पुस २६, काठमाडौं । प्राइम कमर्सियल बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले आज आफ्नो १२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।   

सम्पन्न वार्षिक साधारण सभाले आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर वितरण गर्ने र कैलाश बिकास बैंक लिमिटेडलाई प्राप्ती गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।   

साथै कैलाश विकास बैंक लिमिटेडको १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंक लिमिटेडको ९४ कित्ता शेयर स्वाप रेसियो कायम हुने गरी साधारण सभा सम्पन्न गरिएको बैंकले जनाएको छ ।   

प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति पश्चात् शाखा संख्या १ सय ९९ हुनेछ । बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको सञ्जाल विस्तार गर्दै आफ्ना शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैक प्रतिवद्ध रहेको कम्पनी सचिव सन्तोष बरालले बताए ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *