‘सिद्धबाबा’को मुद्दा अब उच्च अदालतले हेर्ने

पुष १८, विराटनगर ।  ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीको मुद्दा अब उच्च अदालत पुगेको छ । सिद्धबाबाको मुद्दा १५ दिनभित्र सक्कल मिसिलसहित कैफियत प्रतिवेदन पेश गर्न  उच्च अदालत विराटनगरले सुनसरी जिल्ला अदालतका नाममा आदेश जारी गरेको छ।   

उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद शर्माको एकल इजलासले शुक्रवार दिएको आदेशमा सक्कल प्रतिवेदनसहित कैफियत प्रतिवेदनको माग गरिएको हो। 

आफ्नै अनुयायीलाई बलात्कार गरेका आरोप लागेका गिरीलाई जिल्ला अदालत सुनसरीले ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। सुनसरी जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको पुस १४ को आदेशले अभियुक्त गिरी धरौटीमा छुटेका थिए।   

उक्त आदेशका विरूद्ध जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालतमा निवेदन दिएको हो। 

सरकारी वकिलको कार्यालयले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै प्रतिवादीलाई थुनामा राखेर कारबाही अगाडि बढाउन उच्च अदालतमा निवेदन दिएको हो।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *