सिरहामा जलेर किशोरीको मृत्यु
मकालु खबर
२०७६ माघ १० गते
माघ १०, सिरहा । सिरहामा गएराती आगोले जलेर एक १५ वर्षीय किशोरीको मृत्यु भएको छ ।
सिरहाको कर्जनहा नगरपालिका ४ बसतिपुर बजारकाे एक घरमा बिजुली सर्ट भइ अचानक आगलागी हुँदा जलेर चुन्चुन भनिने सलोनी नायकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार सलोनी आमा आशा नायकसँगै दुइतले घरमा सुतिरहेकी थिईन् ।
आगलागीबाट आमा बाँच्न सफलभए पनी छोरीको भने मृत्यु भएको र उनको शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमा प्रसाद स्मारक अस्पतालमा लगिएको छ ।
मकालु खबर
२०७६ माघ १० गते
प्रतिक्रिया
सम्बन्धित