आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
मकालु खबर
२०७६ माघ ७ गते
माघ ७, काठमाडौँ । बारामा प्रहरीले आफ्नै ३२ वर्षिय श्रीमतीको हत्या गर्ने एक श्रीमानलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार श्रीमतीको हत्याको आरोपमा बाराका पचरौता नगरपालिका १ पिपरपाती टोलका रामयाद महतोलाई पक्राउ गरिएको हो ।
शुक्रबार श्रीमती मालती देवी नुनियाको हत्या गरी जमुनी नदी किनारमा जलाई फरार रहेका रामयादलाई आईतबार बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
शव जलाउँदै गरेको भन्ने सूचनाको आधारमा घटनास्थल प्रहरी पुग्दा जल्दै गरेको अवस्थामा प्रहरीले नुनियाको शव फेला पारेको थियो ।
पक्राउ परेका रामयादमाथी कारवाहीको लागि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलाय बाराले जनाएको छ ।
मकालु खबर
२०७६ माघ ७ गते
प्रतिक्रिया
सम्बन्धित