नवनियुक्त सभामुख सापकोटाले दिए आफू आवद्ध दल नेकपाबाट राजीनामा

माघ १३, काठमाडौं । नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट राजीनामा दिएका छन् । सभामुख सापकोटाले पदभार ग्रहण पछि आफू आवद्ध राजनीतिक दल नेकपाबाट राजीनामा दिएका हुन् ।   

उनले एक विज्ञप्ती जारी गर्दै आफू आवद्ध दल नेपाल कम्युनिष्ट पार्टी बाट राजीनामा दिँदै राजनीतिक दलबाट अलग रहेको जानकारी जनाएका हुन् ।   

उनले विज्ञप्तीमार्फत भनेका छन्, ‘संघीय संसदको प्रतिनिधि सभामा सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्नको लागि यसभन्दा पूर्व म संलग्न भई कार्य गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक दलको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिबाट मेरो संलग्नता नरहेको व्यहोरा समेत अनुरोध गर्दै उक्त राजनीतिक दलको सदस्यबाट पनि म अलग रहेको जानकारी गराउँदछु ।’   

सभामुख सापकोटा आइतबार प्रतिनिधिसभा बैठकबाट निर्विरोध निर्वाचित भएका हुन् । उनले सोमबार बिहान ११ बजे राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएसँगै पदभारपनि ग्रहण गरेका छन् । 

  विज्ञप्ती : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *