केन्यास्थित अमेरिकी सैनिक शिविरमा आक्रमण, तीनको मृत्यु
मकालु खबर
२०७६ पुस २१ गते
पुष २१, काठमाडौं । केन्याको अमेरिकी सैनिक शिविरमा इस्लामिक आक्रमण हुँदा एक अमेरिकी सैनिकसहित दुईजना ठेकेदारको मृत्यु भएको छ ।
अमेरिकी र केन्या सेनाले प्रयोग गरिरहेको शिविरमा अल सहबाब नामको इस्लामिक समूहले आइतबार आक्रमण गरेको हो ।
रक्षा विभागका अन्य दुई अमेरिकी सैनिक घाइते भएको जानकारीमा उल्लेख छ ।
‘घाइते अमेरिकी सैनिकको अवस्था स्थिर भएको र घटनास्थललाई खाली बनाइएको छ,’ अमेरिकी मिलिटरी अफ्रिका कमान्डले भनेको छ ।
प्रत्यक्षदर्शीले बन्दुकको आवाज सुनेको र कालो धुँवा उडिरहेको देखेको बताए ।
जनरल स्टेफन टाउनसेन्ड, कमान्डर अफ युएस अफ्रिका कमान्डले एक वक्तव्य जारी गर्दै भने, ‘ज्यान गुमाएका हाम्रा सहकर्मीको परिवारजनप्रति गहिरो समवेदना छ ।’
मकालु खबर
२०७६ पुस २१ गते
प्रतिक्रिया
सम्बन्धित