गरिमा विकास बैंकको मुर्गियाशाखा सञ्चालनमा
मकालु खबर
२०७६ पुस २३ गते
पुष २३, रुपनदेही । गरिमाविकास बैंक लिमिटेडले रुपन्देहीको मुर्गियामा बुधबार शाखा कार्यालय विस्तार गरेको छ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ४, मुर्गियामा नयाँ शाखा विस्तार गरेको हो
शाखाको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर काकीले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्द्रकान्त बरालले औधोगिक तथा व्यवसायिक विकासमा राम्रो सम्भावना बोकेको रुपन्देहीको मुर्गियास्थित शाखा कार्यालयले त्यस क्षेत्रको पूँजी परिचालन तथा व्यवसायिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
बैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले आधुनिक सुविधासहित स्थापना गरिएको मुर्गिया शाखाबाट ग्राहकहरुले सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्तगर्ने बताए ।
मकालु खबर
२०७६ पुस २३ गते
प्रतिक्रिया
सम्बन्धित