दशैं र तिहार २५ दिन पर धकेलियो,विवाहको लगन करिब १५ दिन मात्रै

माघ १, काठमाडौँ । विक्रम संवत् २०७७ सालको दशैं र तिहार २५ दिन पर धकेलिएको छ । नयाँ पात्रो अनुसार असोज एक महिना मलमास परेकाले दुई चाडपर्व करिब एक महिना धकेलिएको हो । 

पञ्चाङ निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले मलमासका कारण विवाहको लगनलाई समेत असर पारेको जानकारी दिए । आउँदो वर्ष विवाहको लगन करिब १५ दिन जति मात्रै छ । २०७६ सालमा करिब ३० दिन साइत परेको थियो । 

ब्रतबन्धको साइत जम्मा पाँच दिन मात्रै छ । पञ्चाङ्ग निर्णायक समितिले निर्णय गरे अनुसार घटस्थापना कार्तिक १ गते परेको छ भने बिजयादशमी  १० गते परेको छ । तिहार कार्तिक २८ गते शुरु हुनेछ । यो समाचार आजको नेपाल समाचार पत्रमा छापिएको  छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *