सृजनानगरमा सवारी दुर्घटना, भारतीय नागरिकको मृत्यु

पुस २०, काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सृजनानगरमा भएको सवारी दुर्घटनामा भारतीय नागरिकको मृत्यु भएको छ ।   

बा ९२ प ३४०९ नम्बरको स्कुटरले नरेन्द्र पाललाई ठक्कर दिएको हो । पाल भारतीय नम्बर प्लेटको कन्टेनरका सहचालक हुन् ।   

एनएल ०१ एडी ५९१८ नम्बरको कन्टेटर ब्याक गर्ने क्रममा पाल गाडीबाट झरेर साइड मागिरहेका थिए । त्यही बेला स्कुटरले ठक्कर दिएको र इवामुरा मेमोरियल अस्पचालमा उपचारका क्रममा पालकाे मत्यु भएको महानगरीय प्रहरी वृत्त भक्तपुरले जनाएको छ । 

null

स्कुटर र चालक भक्तपुर सूर्यविनायक नगरपालिका-९ नलिनचोकका बसन्त देवीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *