विपन्न तथा असहायलाई कम्बल वितरण (फोटो फिचर)

माघ १० सुनसरी । गढी गाउँपालिकाका मुस्लिम तथा मुसहर बस्तीमा कम्बल वितरण गरिएको छ ।  संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत एभरेष्ट बैङ्क लिमिटेड शाखा कार्यालय दुहबीको आर्थिक सहयोग र दिनेश चौधरी स्मृति प्रतिष्ठान दुहबी, सुनसरीको संयोजनमा कम्बल वितरण गरिएको हो ।   

गढी गाउँपालिका–१ मधेलीको मुस्लिम बस्ती, वडा नं. २ तथा वडा नं. ५ को मुसहर बस्तीमा समाजसेवी तथा पूर्व वन तथा भूसंरक्षण राज्यमन्त्री भगवती चौधरीले गरिब तथा विपन्न समुदायका ८० जनालाई कम्बल तथा बिस्कुट वितरण गरेकी हुन् ।   

न्यानो पार्ने अभियान अन्तरगत गरिब तथा विपन्न, एकल महिला, ज्येष्ठ नागरिक तथा शारीरिक अशक्तता लगायतका समुदायलाई घरघरै गएर सामग्रीहरू वितरण गरिएको थियो ।   

सामाजिक उत्तरदायित्व अन्तरगतका कार्यक्रममा घरघरै गएर लक्षित समुदाय तथा व्यक्तिलाई न्यानो कपडा बाँड्न तथा समाजसेवामा सहभागी हुन पाउँदा आफूहरूलाई खुसी लागेको एभरेष्ट बैङ्कले जनाएका छ । 

कार्यक्रममा बोल्दै समाजसेवी चौधरीले समाजसेवामा आफ्नो अभियान निरन्तर जारी रहेकोले यस किसिमको अभियानमा एभरेष्ट बैङ्कले समेत सहयोग गरेकोमा बैङ्कलाई धन्यवाद दिइन् ।   

चौधरीले आर्थिक तथा सामाजिक रूपान्तरण नभए सम्म देश विकास हुन नसक्ने भएकोले आर्थिक तथा सामाजिक परिवर्तनमा सबैले जोड दिनु पर्ने बताइन् ।   

कार्यक्रममा एभरेष्ट बैङ्कका प्रदेश नं. १ का क्षेत्रीय पव्रन्धक जनक प्रसाद चापागाईँ, दुहबी शाखाका शाखा प्रबन्धक नर बहादुर रावल, ग्रामीण महिला उत्सुकता विकास मञ्चकी ललिता कुमारी चौधरी, दिनेश चौधरी स्मृति प्रतिष्ठानका महासचिव विनोद कुमार चौधरी, कोषाध्यक्ष करण चौधरी लगायतको सहभागिता  थियो ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *