दुध बेच्न हिँडेकी महिलाको लियो टिपरले ज्यान, प्रदर्शनमा उत्रेकाले जलाई दिए टिपर

माघ १७, गोरखा । शुक्रबार बिहान एक महिलालाई टिपरले ठक्कर दिएर उनको मृत्यु भएपछी गोरखाको छेपेटार बजार अहिले तनावग्रस्त भएको छ ।   

बिहान ६ बजे दुध बेच्न घरबाट हिँडेकी गोरखा नगरपालिका–१० अमलापानीकी ५२ वर्षीया मनमाया तामाङ टिपरले ठक्कर दिएर उनको घटनास्थलमै मृत्यु भएपछी त्यहाँको स्थिती तनावग्रस्त बन्न पुगेको हो ।   

घर नजिकैको विद्यालयमा दूध पुर्‍याउन क्रसर परिसरको छेउ हुँदै हिँडिरहेकी मनमायालाई ग १ ख ८०२७ नम्बरको टिपरले ठक्कर दिएपछी भुइँमा लड्दा ब्याक गरेर किचेर मारेको स्थानीयबासीको आरोप रहेको छ ।   

टिपरले ब्याक गरेर तामाङलाई मारेपछी आक्रोशित स्थानियवासीले बिभिन्न नाराबाजी गर्दै प्रदर्शन उत्रिनुका साथै  ठक्कर दिने टिपरमा आगजनी गर्नुका साथै क्रसर उद्योगका अन्य पाँचवटा टिपरमा तोडफोड समेत गरेका छन्। 

टिपर चालकलाई प्रहरीले पक्राउ गरेको र घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिए ।   

 उपरीक्षक खतिवडाका अनुसार पीडितपक्षले शव उठाउन मानेका छैनन् भने  उद्योग बन्द गर्न माग गरिरहेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *