साताको अन्तिम दिन आज सुनसँगै चाँदीको भाउ पनि बढ्यो

माघ ३, काठमाडौँ । आज साताको अन्तिम दिन शुक्रबार सुनसँगै चाँदीको भाउ पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

बिहिबार  प्रतितोला ७४ हजार ७ सय रुपैयाँले कारोबार भएको छापावाल सुन आज  तोला १ सय रुपैयाँ बृद्धी भएर प्रतितोला  ७४ हजार ८ सय रुपैयाँले कारोबार भएको महासंघले जनाएको छ । 

त्यसैगरी महासंघका अनुसार आज तेजाबी सुनमा पनि तोलामा १  सय रुपैयाँ बृद्धी भएर प्रतितोला ७४ हजार ५ सय रुपैयाँले कारोबार भईरहेको छ । हिजो तेजाबी सुनको भाउ प्रतितोला ७४ हजार ४ सय रुपैयाँले कारोबार भएको थियो । 

Image result for सुनकाे भाउ घट्याे

शुक्रबार चाँदीको भाउमा पनि तोलामा ५ रुपैयाँ बृद्धी भएर आज प्रतितोला  ८ सय ९० रुपैयाँले बिक्रीबितरण भईरहेको महासंघले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *