कुमारी जवले ल्यायो अत्याधुनिक जब वेवसाईट र मोवाईल एप

पुस २०, काठमाडौं । मानव संसाधन व्यवस्थापन (रोजगारी, विकास र प्रर्वद्धन) मा ६ वर्षदेखि काम गर्दै आएको कुमारी जब प्रा.लिले यही पौष १६ गते छैटाँै वार्षिकोत्सवको अवसरमा धधध।www.kumarijob.com नामक वेवसाईटको स्तर बृद्धि गरी अत्याधुनिक बनाउँदै नयाँ मोवाईल एपको शुभारम्भ गरेको छ ।   

सो वेवसाईट तथा एपको विशेषता, रोजगारदाता तथा रोजगार खोजिरहेकाहरुलाई सहज होस् भन्ने छ । कार्यक्रममा कुमारी जब प्रा.लिका विभागीय प्रमुख अमृत तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए । 

कुमारी जब प्रा.लिमा कार्यरत कर्मचारीहरुले नेपाली मौलिकता झल्कने नृत्य प्रस्तुत गर्नुका साथै विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु पनि प्रस्तुत गरेका थिए । त्यसैगरी कार्यक्रममा प्रा.लि ले कर्मचारीहरुलाई विभिन्न विधामा पुरस्कृत गर्नुका साथै उत्कृष्ट कर्मचारीका रुपमा सृजना तिमिल्सिनालाई पुरस्कृत गरेको थियो । 

null

कुमारी जब प्रा.लिका व्यवस्थापकीय प्रमुख सन्देश भण्डारीले कुमारी जब मानव संसाधनका क्षेत्रमा बलियो खम्बा बनिसकेको र आगामी दिनमा यसले थप सेवा प्रदान गर्ने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *