दिलिप हत्या प्रकरणः क्रसर उद्योगीले ज्यान लिने धम्की दिएको खुलासा
मकालु खबर
२०७६ पुस २५ गते
पुस २५, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरमा टिपरको ठक्करबाट मृत्यु भएका दिलीपकुमार महतोलाई ज्यान लिने धम्की दिएको खुलासा भएको छ ।
शुक्रबार बिहान मृत्यु भएका दिलिपलाई ज्यान लिने भनेर तीन दिनअघि मात्र क्रसर सञ्चालकले उनका बुवालाई आफ्नो छोरालाई सम्झाइहाल, करिखेर (ज्यान) जान्छ थाहा छैन’ भनेर धम्की दिएको खुलासा भएको हो
गाउँमा पटक–पटक खोला उत्खनन बन्द गर्नुपर्ने चर्को आवाज उठाएका दिलिपकुमार महतो क्रसर उद्योगीको निशानामा परेका थिए ।
मृतकका बुवा रामजीवन महतोका अनुसार उनले ५ कठ्ठा जग्गा क्रसर उद्योगी पिविन महतोलाई भाडामा दिएका थिए, जहाँ चुरियामाई क्रसर उद्योग सञ्चालनमा गर्दै आईरहेका थिए र भाडाको रकम लिन जाँदा छोरालाई मार्ने धम्की दिएको उनले बताए ।
मकालु खबर
२०७६ पुस २५ गते
प्रतिक्रिया
सम्बन्धित