बागलुङमा श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु

माघ १७, बागलुङ । बिहिबार राती बागलुङमा  श्रीमतीको कुटपिटबाट  उनको ६४ वर्षीय श्रीमानको घटनास्थलमै  मृत्यु भएको छ ।   

बागलुङको  तमानखोला गाउँपालिका १ बिसोकमा ६० वर्षीया जमुना विकको कुटपिटबाट उनका श्रीमान् रविलाल विकको मृत्यु भएको हो ।   

प्रहरीका अनुसार घरायसी सामान्य बिवाद हुँदा जमुनाले रबिलाई भित्तामा धक्का दिँदा  ढुंगामा ठोक्किएर रविलालको मृत्यु भएको प्रहरीले जनाएको छ ।   

Image result for श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार उनको श्रीमतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *