नेपाल बंगलादेश बैंकद्धारा क्याप वितरण

माघ १५, काठमाडौँ । नेपाल बंगलादेश बैंकले बुधबार मेरुदण्डीय पक्षघात समुह नेपाललाई क्याप वितरण गरेको छ ।   

यस बैंकले  आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्दै  कमलादी, काठमाडौँ स्थित आफ्नो प्रधान कार्यालयबाट उक्त समूहलाई क्याप बितरण गरहेको हो ।   

 मेरुदण्डीय पक्षघात समुह नेपालले माघ १६ गते शहिद दिवसको उपलक्ष्यमा राष्ट्रिय शान्ति तथा सहिद पार्क र गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा ह्वीलचियर दौड प्रतियोगिताको आयोजनामा संलग्न सम्पूर्ण सहभागीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत  सुरेन्द्र भूषण श्रेष्ठले सो संस्थाका संयोजक राजेन्द्र खनाल र कोषध्यक्ष  झरना रानालाई मायाको चिनो को स्वरूप क्यापहरु हस्तान्तरण गरेको हो ।   

Image result for नेपाल बंगलादेश बैंक

यस्तो कार्यक्रममा सहभागिता जनाउँदा मेरुदण्डमा चोट लागि अपाङ्गता भएका व्यक्तिहरुलाई उत्प्रेरणा र हौशला बढ्ने हुँदा यस्ता कार्यक्रमहरुलाई प्राथमिक्ता दिई आगामी दिनहरुमापनि निरन्तरता दिनुपर्ने बैंकका अधिकृत श्रेष्ठले बताए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *