बिराटनगरमा डुबेको अवस्थामा लेखापरीक्षकको शव फेला

फाइल फाेटाे 

माघ ७, बिराटनगर । मंगलबार बिहान  विराटनगरमा खोलामा डुबेको अवस्थामा एक जना लेखापरीक्षकको शव फेला परेको छ ।   

प्रहरीका अनुसार  विराटनगर महानगरपालिका–२ तीन पैनी घर भएका ५० वर्षीय प्रवल घिमिरेको शव  खोलामा डुबेको अवस्थामा फेला परेको हो ।   

Image result for डुबेकाे अवस्थामा शव फेला

मृतक घिमिरे प्रवल एण्ड एसोसिएट फर्मका सञ्चालक तथा लेखापरीक्षक रहेको खुल्न आएको छ  ।   

प्रहरीका अनुसार  सोमबार बेलुका साथीले बोलाएपछि मोटरसाइकलमा घरबाट निस्कीएका घिमिरे साथीको गाडीमा आमाज बेकरी हुँदै होटल मुन पुगेका थिए । घरबाट फोन आएपछि उनी घर जाने भन्दै निस्किएका थिए । घर जाने भन्दै निस्किएका उनी अबेरसम्म पनि घरमा नआएपछी परिवारले उनलाई फोन गर्दा उनको मोवाईल अफ आएपछी उनको परिवारले  प्रहरीमा जानकारी गराएको थियो । 

घिमिरेका आफन्त दिपक चापागाईंले रातिदेखि मोबाइल अफ रहेको बताउँदै घटना शंकास्पद रहेको बताए । घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *