लड्डु कन्धमुल र तरुल खाने दिन आजै हो !

माघ १, धरान । गत एक हप्ता अगाडीबाट धरानको बजारमा तिलको लड्डु, भुजाको लड्डु, सख्खर, भुजा, चिउरा जस्ता खाद्य वस्तुको व्यापार ह्वातै बढेको देख्दा नै लाग्थयो कि माघ १ गते सबैले माघेसक्रान्तीका परिकार खान्छन भनेर । 

धरानका बिभिन्न ब्यक्तिहरु  किनमेल गर्न ब्यस्त थिए । त्यतीकैमा एका तर्फबट एउटा आवाज आयो  ‘संक्रान्ति चाहि लागेछ है’, धरान–१५ की प्रिया लिम्बूले गौतमपथ स्थित सब्जीमण्डीमा लागेको भीडतर्फ इङ्गित गर्दै भनिन, ‘कति भीड हौ ।’ गौतमपथमा तरुल किन्नेको भीड बढ्दा ट्राफिक जाम बढेको थियो । माघे संक्रान्तिको तरुल लगायत अन्य सामग्री किन्ने भीड मानीसहरुको भिड थामिनसक्नुको थियो । 

धरानस्थित चिनिया चोक, धरान–९ स्थित सब्जीमण्ड, छाताचोक लगायतका स्थानमा तरुल व्यापारको लागी ब्यापारीहरुलाई चटारो नै लागेको थियो । त्यस बजारमा विभिन्न थरीका तरुल किन्नेको भीड लागेको थियो । 

धरान सब्जीमन्डीका तरकारी व्यवसायी सीताराम क्षत्रीका अनुसार  स्थानीय भाषमा (तिला सकराईत) अर्थात् माघ सक्रान्ती पर्वमा यी परिकारका बिक्री वितरण अत्याधिक हुने गरेकाले बजारमा भीड नै लागेको छ । 

धरानमा मुख्य गरी पहाडी क्षेत्रका तरुल भित्रिने गरेको छ । धनकुटा, संखुवासभा, तेह्रथुम, भोजपुर, उदयपुर लगायतबाट पनि तरुल भित्रिने गरेको छ ।   

तरुलमा पर्याप्त मात्रामा कार्बोहाइड्रेट र खनिजको मात्रा पाइने गरेको यससँग सम्बद्ध विज्ञहरुको राय पनि  छ । यसमा भोजनलाई सन्तुलनमा राख्न सक्ने फाइबरको मात्रा पनि हुने भएकाले तरुल एक स्वास्थ्य बर्द्धक र बहुपयोगी कन्दमूल पनि हो । 

पूर्वी पहाडी जिल्लाबाट धरान भित्रिएका तरुलसँगै बजारमा वन तरुल, घर तरुल, सखरखण्ड, स्कुसको जरा, सिमल तरुल, पिँडालु बेच्न व्यापारीलाई भ्याइनभ्याइ छ । घर तरुल सस्तो र सुलभ नै रहेको व्यवसायी बताउछन् । निम्न आयस्तर तथा मध्यमवर्गका उपभोक्ताले घर तरुल बढी किन्ने गरेको व्यवसायी काजी गिरीको भनाइ थियो । 

शिशिर यामको मध्यसमयमा पर्ने यस दिनले विभिन्न समुदाय र जातिहरुका लागि भिन्दाभिन्दै महत्व बोकेको पाइन्छ । थारु समुदायले माघीको रुपमा मनाउने यस दिनलाई नयाँ वर्ष मानी शुभकामना आदानप्रदान गर्ने गर्दछन्   

मगर, नेवार तथा ब्राह्मण समुदायका लागि पनि यस दिनको गरिमा उच्च छ । यस अवसरमा घर घरमा तिलको लडडु, चाकू, घ्यू, खिर, उसिनेको तरुल, सख्खरखण्ड, पिँडालु र फर्सीलगायत खाने गरिन्छ । 

सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने र यस दिनबाट दिन लम्बिँदै तथा रात छोट्टिँदै जाने भन्दै ब्राहमण समुदायले ‘मकर संक्रान्ति’को रुपमा मनाउने चलन रहिआएको छ । सामान्यतया सूर्यले सबै राशीलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यसदिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुदै जाने विश्वास गरिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *