महेन्द्र क्याम्पसद्धारा तोकिएको भन्दा बढी रकम असुल गरेकाे बिद्यार्थीहरूकाे आरोप

पुष २४, धरान । सुनसरीको धरान १० स्थित रहेको महेन्द्र बहुमुखी क्याम्पसले परिक्षा फारममा विद्यार्थीहरूबाट तोकिएभन्दा बढी रकम असुल्ने गरेको  खुलेको छ। क्याम्पसले एल एल बी दोश्रो बर्षका लागी खुलाईएको परिक्षा फारममा   लाग्नेभन्दा बढी रकम लिएको विद्यार्थीहरूले बताएका छन। 

वर्ष २०७६/७६ मा एल एल बीको परिक्षा दिने प्रतिविद्यार्थीहरुबाट ४२ सय तोकिएकोमा ६ सय रुपैया बढी रकम गरी ४८ सयको बिल काटिदिएको हो ।   

सो क्याम्पसको त्रिबी परिक्षा नियन्त्रण कार्यलय बल्खुद्धारा बार्षिक परिक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालन हुने स्नातक तह ३ एलए ल बी शैक्षिक बर्ष २०७४ देखी २०७७ साल समुह अनर्तगतको दोश्रो बर्षको नियमीत बिद्यार्थीहरुको परिक्षा फारम खुलाईएकोमा सो रकम लिने गरेपनि के कारण तोकिएको भन्दा ६ सय रुपैया बढी लिईएको हो सो बारेमा बिद्यार्थीहरुलाई दिनईने गरेको बिल भौचरमा उल्लेख छैन ।   

उता  क्याम्पस प्रमुख दामोदर भण्डारीले क्यामपसमा दरबन्दी अनुसारको कर्मचारीको अभाव र एउटै कर्मचारीाई धेरैतिरको काम गर्नुपर्नै बाध्यताका कारण सम्बन्धीत कर्मचारीबाट केही कमी कमजोरी भएपनि त्यो कमी कमजारीलाई हिजो अर्थात बुधबारकै दिन नै सच्याई सकेको बताए । हाल सो क्याम्पसमा ३७ जना कर्मचारी हुनुपर्नैका हाल ९ जनाको उपस्थितीमा काम भईरहेको पनि भण्डारीले बताए 

भण्डारीले बिश्वबिद्यालयले बार्षिक रुपमा परिक्षा लगायतका अन्य शुल्कहरुमा साबिकको भन्दा घटबढ गरेको प्रति सुचना सम्प्रसन नहुदा यस्तो समस्या आएको पनि बताएका छन ।   

यसैबीच तोकिएभन्दा बढी रकम लिएको भन्दै विद्यार्थीहरुको संगठन मध्येका तत्कालीन अनेरास्वयु क्रान्तीकारी तथा  हालका अनेरास्वयुका रबिन श्रेष्ठले क्याम्पस प्रशासन तथा त्याह कार्यरत्त कर्मचारीको लापावार्ही हो कि भन्ने आशाकां गर्दे छानबिनको लागी माग पनि गरेको छ । उनले भने क्याम्पसमा बारम्बार केही न केही सानातिना त्रृटी भईनै रहेको हुन्छ जसले गर्दा सर्बसाधारण बिद्यार्थीहरुले यसको मुल्य चुकाउनुपर्ने देखिन्छ यो गम्भीर कुरा हो ।   

श्रेष्ठले आफनो संगठनको तर्फबाट सम्भव त आजै नै बैठक छलफल गर्ने बताएका छन । उता बढी रकमको बिल भौचर काटेको प्रति क्याम्पस प्रशासनले आफनो  नै जवाफ दिनुपर्नै बताएका छन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *