प्रभु बैंकको नयाँ Product वैदेशिक रोजगारी कर्जा सञ्चालन

  

माघ १६, काठमाडौँ ।  प्रभु बैंक लिमिटेडले प्रदेश न. २ का ५ जिल्लाहरुका प्रवासी कामदारहरलाई लक्षित गरी नयाँ प्रडक्ट सूरु गरेको छ । 

प्रभुले सञ्चालनमा ल्याएको वैदेशिक रोजगारी कर्जा योजना अन्र्तगत प्रदेश न. २ का ५ जिल्लाहरु  बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाहीका वैदेशिक रोजगारीमा गएका कामदारहरले विदेशबाटै कर्जा भुक्तानीलगायत सुविधा पाउँने छन् ।   

प्रवासी कामदार र उनिहरुको परिवारको वित्तीय पहूँच अभिवृद्घि गर्ने उदेश्यसहित  सञ्चालित युके एडको परियोजना अर्न्तगत सीप सञ्चालनमा रहेका प्रदेश न. २ का ५ जिल्लाहरुका प्रवासी कामदार  र काम गर्न जान चाहने व्यक्ती एवं तिनको परिवारले यसबाट  अधिकतम लाभ लिनसक्नेछन् भन्ने बैंकले विश्वास लिएको छ ।   

वैदेशिक रोजगारी कर्जा योजना सीप युके एड र नेपाल सरकारको सहकार्यमा सञ्चालित परियोजना हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *