मौसम:तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना

माघ १५, काठमाडौँ। यतिबेला नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । सो कारण देशको पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली तथा पूर्वी र मध्य भू–भागहरुमा आंशिक बदलीको अवस्था रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । 

शाखाका अनुसार बुधबार दिउँसो देशको पश्चिम तथा मध्य भू–भाग लगायत पूर्वी भेगका पहाडी क्षेत्रमा सामान्य वदली रही पूर्वी तराई भेगमा आंशिक वदली रहने छ । पश्चिमी र मध्य भू–भागका धेरै स्थानहरुमा र पूर्वी भेगका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ । 

बुधबार राती पनि देशभर सामान्य देखि पूर्ण बदली  रहनेछ । पश्चिमी र मध्य भू–भागका अधिकांश स्थानहरु र पूर्वी भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ । 

त्यस्तै, बिहीबार दिउँसो देशको उच्च पहाडी र हिमाली भेगमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ । पूर्वी र मध्य भू–भागका थोरै स्थानहरु र पश्चिमी भू–भागका १–२ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ । राति भने देशको पूर्वी भागमा आंशिकदेखि सामान्य बदली  रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ । 

शुक्रबार दिउँसो देशको पहाडी भेगमा आंशिक बदली रही मध्य र पूर्वी पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । रातिदेखि  देशको पहाडी भेगमा आंशिक बदली रही मध्य र पूर्वी पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *