ज्यान मुद्दाका फरार अरोपित ‘राते’ भनिने सुजन श्रेष्ठ प्रहरी फन्दामा

पुष १८, काठमाडौँ ।  ज्यान मार्ने मुद्दाका फरार आरोपित एकजना लाई प्रहरीले पक्राउ गएराति गरेको छ । पक्राउ पर्नेमा चरी समूहका गुण्डा ‘राते’ भन्ने सुजन श्रेष्ठ रहेका छन् ।   

काठमाडौं नयाँबजार बस्दै आएका धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भएका श्रेष्ठ र रेम्बो भन्ने अजय गुरुङले ०७५ चैत्र १८ गते ठमेलस्थित एलओडी क्लव अगाडि विष्णु कठमयतमाथि आक्रमण गरेका थिए । अजय भने फरार छन् । 

पक्राउ परेका रातेलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त लैनचौर पठाइएको महाशाखाले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *