तीन दिनको मौसमः हल्का वर्षा देखि हिमपातसम्म हुने
माघ १४, काठमाडौं । पश्चिमी वायुको चापले आगामी तीन दिनको मौसम सामान्य देखि आंशिक बदली रहेको जल तथा मौसम विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले नेपालको पश्चिमी भेगमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । देशको पश्चिमी भू–भागमा सामान्य देखि पुर्ण बदली तथा पूर्वी र मध्य भू–भागहरुमा आंशिक बदलीको अवस्था रहेको देखिन्छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
null
माघ १४ गते (मंगलबार)
आज दिउसो देशको पश्चिमी र मध्य भू–भागमा सामान्य बदली तथा पूर्वी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । पश्चिमी भू–भागका केही स्थानहरु र मध्य तथा पूर्वी भु–भागका १ –२ स्थानमा हल्का वर्षाको संभावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा र पुर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ ।
राती देशको पश्चिमी र मध्य भू–भागमा सामान्य बदली तथा पूर्वी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भू–भागका केही स्थानहरु र मध्य तथा पूर्वी भु–भागका थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ ।
पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा र पुर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ ।
माघ १५ गते (बुधबार)
दिउँसो देशभर सामान्य बदली रहनेछ । पश्चिमी र मध्य भू–भागका अधिकांश स्थानहरु र पूर्वी भु–भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु–भागमा हल्का देखि मध्यम हिमपातको संभावना छ भने, पश्चिमी उच्च पहाडी तथा हिमाली भु–भागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।
राती देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । पश्चिमी र मध्य भू–भागका अधिकांश स्थानहरु र पूर्वी भु–भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु–भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भु–भागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।
माघ १६ गते (बिहीबार)
दिउँसो देशको उच्च पहाडी र हिमाली भेगमा सामान्य बदली रहनेछ भने बाँकि भू–भागमा आंशिक बदली रहनेछ । पूर्वी र मध्य भू–भागका थोरै स्थानहरु र पश्चिमी भु–भागका १ –२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु–भागमा हल्का हिमपातको संभावना रहेको छ ।