इरानले आफ्नो सैन्य शिविरमा आक्रमण गरेपछि ट्रम्पले दिए यस्तो अभिव्यक्ति
मकालु खबर
२०७६ पुस २३ गते
पुष २३, एजेन्सी । इराकस्थित अमेरिकी सैन्य शिविरमा इरानले मिसाइल आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पहिलो बयान बाहिरिएको छ । राष्ट्रपति ट्रम्पले बुधबार सामाजिक सञ्जाल ट्वीटर मार्फत आफ्नो बयान सार्वजनिक गरेका हुन् ।
उनले ट्वीटमार्फत ‘सबै ठीक छ’ भन्दै इरानको आक्रमणपछिको अवस्थामा चिन्ताजनक नरहेको बताएका छन् ।
ट्रम्पले ट्वीट गर्दै यसो भनेका छन्, ‘‘सबै ठीक छ । इराकस्थित दुई अमेरिकी सैन्य आधारमा इरानबाट मिसाइल प्रहार भयो । अहिले हताहती र क्षतिको मूल्याङ्कन भइरहेको छ । हालसम्मको अवस्था ठीक देखिन्छ ।’
राष्ट्रपति ट्रम्पले आफ्नो सैनिकहरुको प्रशंसा गर्दै भनेका छन्, ‘हामीसँग विश्वको सबैभन्दा शक्तिशाली र स्रोतसाधनयुक्त सेना छ । म भोलि विहान एक वक्तव्य निकाल्नेछु ।’
मकालु खबर
२०७६ पुस २३ गते
प्रतिक्रिया
सम्बन्धित