कोरोना भाइरसका लागि विश्वका धनी व्यक्ति र टिकटकले दिए चारवटा अस्पताल बन्ने रकम

  

माघ १६, काठमाडाैँ ।  चीनबाट संसारभरी फैलिरहेको नोवेल कोरोनाभाइरसका ७ हजार ८ सय ९२ जना व्यक्ति संक्रमित छन् । यीमध्ये ७ हजार ७ सय ७१ जना त चीनमा मात्रै छन् । यो भाइरसको संक्रमणका कारण बुधबारसम्म मृतकको संख्या १ सय ७० पुगेको छ । यसैबीच संसारभरीका धनी व्यक्ति कोरोनाभाइरसबाट लड्नका लागि एकजुट भएका छन् ।  

यी सबैले करिब २७२.३ मिलियन डलर ३१ अर्ब रुपैयाँ दिने घोषणा गरेका छन् । यसमा सबैभन्दा धेरै ज्याक माले दिएका छन् । यति पैसामा चीनले कोरोनाभाइरसबाट पीडित व्यक्तिका लागि चारवटा अस्पताल बनाउन सक्ने बताइएको छ । 

Image result for कोरोना भाइरस

चीनका दोस्रो सर्वाधिक व्यक्ति ज्याक माको कम्पनी अली बाबाले आफूले बुहानसमेत चीनको सबै अस्पतालमा औषधीका लागि १ सय ४४ मिलियन डलर सहयोग दिने घोषणा गरेका थिए । उनले यसको केही रकम कोरोनाभाइरसको इन्जेक्सन विकसित गर्ने संस्थालाई पनि दिने बताएका छन् । 

टिकटक भिडियाको कम्पनी बाइटडान्स, टेनसेन्ट र बायदूले चीनमा कोरोनाभाइरसका बिरामीको मद्दत, उपचार र औषधीका लागि ११५ मिलियन डलर घोषणा गरेको छ । यो राशी बुहानमा बनिरहेको हजार शय्याको बेड भएको अस्पतालका लागि निर्धारित गरिएको छ । 

यीबाहेक अमेरिकी धनाढ्य बिल गेट्सको बिल गेट्स एण्ड मेलिन्डा गेट्स फाउन्डेशनले १० मिलियन डलर कोरोनाभाइरसको उपचार र पीडितलाई दिने बताएका छन् । साथै, फ्रान्सका अर्बपती फ्रेन्कोइस पिनाल्टले ३.३ मिलियन डलर रकम दिने घोषणा गरेका छन् । 

चीनका राष्ट्रपति शी जिनपिंगले कोरोनाभाइरसबाट मानिसहरुलाई बचाउन र उनीहरुको मद्दतका लागि आफ्नो सेना तैनाथ गर्न आदेश दिएका छन् । चीनमा जन्मिएको कोरोनाभाइरस अहिलेसम्म संसारभरीका १७ देशमा फैलिसकेको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *