कोबे ब्रायन्टलाई यसकारण भनिन्छ बास्केटबलका महान् खेलाडी

माघ १३, एजेन्सी । अमेरिकाका बास्केटबल खेलाडी  कोबे ब्रायन्टको अमेरिकाको क्यार्लिफोनियामा हेलिकप्टर दुर्घटनामा परि निधन भएको छ । सो घटनामा उनका साथै उनकी १३ वर्षीय छोरी गियानाको पनि निधन भएको छ भने, घटनामा ९ जनाको मृत्यु भएको छ ।   

४१ वर्षीय ब्रायन्ट आफ्नो निजी हेलिकप्टरमा यात्रा गरिरहोका बेला उनको दुःखद निधन भएको हो ।   

कोबेलाई किन महान् भनिन्छ ?   

विश्वभरमा यदी बास्केटबलमा कुल पाँच महान् खेलाडीको नाम लिने हो भने कोबेको नाम प्रमुख रुपमा लिने गरिन्छ । विश्वभरीमा बास्केटबल फ्यान्सबीच कोबे कति लोकप्रिय थिए भन्ने कुराको अनुमान कोबेको निधनपछि ट्वीटरदेखि फेसबुकमा भइरहेको चर्चाले देखाउँ छ ।   

कोबेको निधनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, पूर्वराष्ट्रपति बराक ओबामा लगायत बलिउड हस्तिहरु नेपाली राष्ट्रिय महिला बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठ लगायतले शोक व्यक्त गरेका छन् ।  

  

बास्केटबलका जादुगर कोबे   

पाँच पटक नेशनल बास्केटबल एसोशिएसनमा च्याम्पियन रहेका कोबे ब्रायन्ट बास्केटबलको इतिहासमा सबैभन्दा सफल महान् खेलाडी मध्ये एक मानिन्छन् ।   

कोबेको निधनपछि एनबीएले बयान जारि गर्दै भनेको छ, ‘कोबे ब्रायन्ट र उनकी१३ वर्षीय छोरी गियानाको दुःखद निधनले हामी सबै अकल्पिनीय शोकमा छौं । उत्कृष्ट प्रतिभाहरु जीतका लागि पूर्ण समर्पणसहित एकसाथ आउँछन् भने के गर्न सकिन्छ भनेर उनले हामीलाई २० वर्षसम्म देखाए ।’ 

ब्रायन्टले आफ्नो २० वर्ष लामो करियमा सधैं लस एन्जेल्स लाकेर्समार्फत् खेले । 

सन् २०१६ को अप्रिल महिनामा अवकाश लिएपछि उनले सन् २००८ मा एनबीएका सबैभन्दा महत्वपूर्ण खेलाडीको उपाधि हासिल गरेका थिए । 

यसका साथै उनले दुई पटक एनबीए फाइनल्समा एमवीपीको उपाधि हासिल गरे । 

कोबेको नाममा दुई पटक एनबीए स्कोरिङ च्याम्पियनको उपाधि र दुई पटक ओलम्पिक खेलमा च्याम्पियन बनेको उपाधि दर्ता छ । 

कोबेले सन् २००६ मा टोरेन्टो रेपटर्सविरुद्ध एउटा खेलमा ८१ अंक हासिल गर्ने उद्देश्य हासिल गरेका थिए जुन उनको करियरको एक महत्वपूर्ण उपलब्धिमा समावेश छ । 

बास्केटबलदेखि ओस्कारसम्म   

ब्रायन्टले बास्केटबलको दुनियामा अवार्ड र सम्मान पाउनुका साथ साथै ओस्कार अवार्ड पनि प्राप्त गरेका छन् । कोबेले २०१५ मा बास्केटबललाई एक प्रेमपत्र लेखेका थिए । जब उक्त प्रेमपत्रमाथि ‘डियर बास्केटबल’ नामको एउटा छोटो एनिमेटेड फिल्म बनाइयो तब यसलाई ओस्कार अवार्डबाट सम्मानित गरिएको थियो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *