सुनसँगै चाँदीको भाउ पनि बढ्यो

माघ ७, काठमाडौँ । सोमबार स्थिर रहेको सुनचाँदीको भाउ मंगलबार बढेको   नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

सोमबार प्रतितोला ७५ हजार कायम भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँ बृद्धी भएर प्रतितोला ७५ हजार ३ सय रुपैयाँमा  कारोबार भईरहेको महासंघले जनाएको छ । 

त्यसैगरी महासंघका अनुसार सोमबार प्रतितोला ७४ हजार ७ सय रुपैयाँ कायम भएको तेजाबी सुन पनि आज तोलामा तीन सय रुपैयाँ बृद्धी भएर  प्रतितोला ७५ हजार रुपैयाँले कारोबार भईरहेको छ ।   

Image result for सुनसँगै चाँदीको भाउ पनि बढ्यो

मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बृद्धी भएर   प्रतितोला  ८ सय ९५ रुपैयाँले बिक्रीबितरण भईरहेको महासंघले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *