आफ्नो जन्मदिन एसिड पिडितसँग मनाउने बलिउड अभिनेत्री दिपिकाको योजना
मकालु खबर
२०७६ पुस १८ गते
पुस १८, भारत । भारतीय नायिका दिपिका पादुकोणले आफ्ना जन्मदिन एसिड पीडितहरुसँग मनाउने योजनामा गरेकी छिन् ।
हाल छपाक’ को प्रमोसनमा व्यस्त रहेकी नायिका दिपिकाले आफ्नो ३४ औं जन्मदिन एसिड पीडितहरुसँग मनाउनो योजना बनाएकी हुन् ।
यही ५ जनावरीमा जन्मदिन परेकी दिपिकाले एसिड पिडितले संचालन गर्दै आईरहेको खनऊको शीरोज क्याफेमा आफ्नो जन्मदिन मनाउन लागेकी हुन् । यसका साथै उनले आफ्नो जन्मदिनमा लखनऊमा केहि एसिड पिडितहरुसँग भेटघाट गर्ने बताईएको छ ।
मेघना गुलजारले निर्देशन गरेको चलचित्र ‘छपाक’ एसिड पीडित लक्ष्मी अग्रवालको जीबनमा घटेको घटनालाई चलचित्रमा उतारिएको छ । जहाँ नायिका दिपिकाले एउटा एसिड पीडितको भूमिका निर्वाह गरेकी छिन् ।
मकालु खबर
२०७६ पुस १८ गते
प्रतिक्रिया
सम्बन्धित