आठ भारतीय पर्यटक मृत्यु प्रकरण : पोष्टमार्टमका लागि शव टिचिङमा

माघ ७ । काठमाडौं । मकवानपुरको दामनस्थित एभरेस्ट पानोरामा रिसोर्टमा बेहोस भई मृत्यु भएका ८ जना भारतीय पर्यटकको शव  पोस्टमार्टमका लागि शिक्षण अस्पताल महराजगञ्ज लगिएको छ।   

थाहा नगरपालिका ४ स्थित एभरेस्ट पानोरामा होटलमा बेहोस भएका उनीहरुलाई काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका लागि ल्याइएको थियो।  उनीहरुको अस्पताल नआइपुग्दै मृत्यु भइसकेको अस्पतालले जनाएको छ।   

मृत्यु हुनेहरु भारत केरलाका भएका प्रहरीले जनाएको छ । मृत्यु हुने आठ जनामध्ये दुई बालक र दुई बालिका छन् । भारतको केरालाबाट पोखरा हुँदै दामनतर्फ घुम्न आएका १५ जना मध्ये आठ जनाको मंगबार बिहान मृत्युु भएको हो ।   

बा ३ क ३६८८ नम्बर बसमा जम्मा १५ भारतीय पर्यटकहरु सोमवार मात्र पानोरोमा रिसोर्टमा पुगेका ४ वटा रुम बुकिङ गरेका थिए। होटेलको एउटा रुममा हिटर बालेर सुतेका ८ करिब साढे ८ बजे बेहोस अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ। 

मृत्यु हुनेहरुमा भारत केरलाका ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीय इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीय सरिया, ५ वर्षीय अभी, ७ वर्षीय अर्चना, ५ वर्षीय बैशनव र ९ वर्षीय बन्द्रा नाम गरेका भारतीय नागरिक भएको खुलेको हो। 

हिटर बालेका कारण अक्सिजनको कमीले निसास्सिएर उनीहरुको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। यसबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *