धोविखोलाकाे किनारमा भेटियो पोको पारेको अवस्थामा शिशुको शव

माघ ९, काठमाडौं । बिहिबार बिहान काठमाडौँ चाबहिलस्थित धोविखोलाको किनारमा एक नवजात शिशुको शव  कपडा र कागजमा पोको पारेर फ्यालिएको अवस्थामा फेला परेको छ। 

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार आन्दाजी ६र७ महिनाको शिशुको शव खोला किनारमा भेटिएको हो । 

उनले भने  ‘कानूनी प्रक्रिया पूरा गरेर अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी भइरहेको छ । ’ 

घटनाको थप अनुसन्धान भइहरेको प्रहरीले जानकारी दिएको छ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *