समान्य विवादले उग्र रुप लिँदा एकको हत्या, एक घाइते

माघ ८, धादिङ । धादिङको दार्खामा सामान्य विवादले उग्र रुप लिएपछि एक जनाको हत्या भएको छ । धादिङको खनियाँबास गाउँपालिकाको दार्खामा जारी अन्तर वडा फुटबल प्रतियोगितामा सामान्य विषयले उग्र रुप लिँदा खनियाँबास गाउँपालिका ६ घाम्साका सन्त बहादुर तामाङको हत्या भएको हाे । घटनामा सोही स्थानका रविन तामाङ गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।   

प्रतियोगितामा रेफ्रीको भूमिका निभाएका रोशन तामाङले खेलमा जालझेल गरेको भन्दै विवाद बढेकोपछि सो घटना भएको हो ।  विवाद बढ्दै गएपछि गएराति १ बजे नेत्रावती गाउँपालिका १ का रोशन तामाङ र निजका भाइ राम तामाङले सन्त र रविनमाथि आक्रमण गरेका थिए । आक्रमणबाट घाइते भएका सन्त र रनिवलाई उपचारका लागि अस्पताल ल्याइएकोमा सन्तको बिहान ३ बजे मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।   

अर्का घाइते रविनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।   

घटनामा संलग्न रहेका रोशन तामाङ र राम तामाङलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । घटनामा संलग्न रहेको भन्दै स्थाीय अशोक तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *