भूकम्प गयो
मकालु खबर
२०७६ पुस २३ गते
पुस २३, इराक । बुधबार बिहान इराकमा ४.९ म्याग्निच्युडको भूकम्प गएको छ । इराकको बुसेहर परमाणु भट्टी नजिकै भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।
अमेरिकी जियोलोजिकल सर्भे (युएसजीएस) का अनुसार स्थानिय समय अनुसार आज बिहान ३ बजेर १९ मिनेटमा बोराजानबाट १० किलोमिटर दक्षिणपूर्व केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
भूकम्पबाट भट्टीमा कुनै क्षति नपुगेको स्थानिय संचार माध्यममा उल्लेख गरिएको छ ।
मकालु खबर
२०७६ पुस २३ गते
प्रतिक्रिया
सम्बन्धित