नक्कली भारतीय नोटसहित देवान पक्राउ

पुष २०, पर्सा । प्रहरीले वीरगञ्जबाट नक्कली भारतीय नोटसहित एक जना पक्राउ गरेको छ । प्रहरीले पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका–८ स्थित बसपार्कमा रहेको प्याराडाईज होटलबाट २९ वर्षीय रियाज देवानलाई पक्राउ गरेको हो । 

शनिबार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले देवानको साथबाट २००० दरका ३ थान गरी ६००० नक्कली भारतीय रुपियाँ बदामद गरेको छ ।   

देवानलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *