नेपाल बंगलादेश बैंकद्धारा अभिमुखीकरण गतिशीलता र नोट पहिचानको प्रशिक्षण सम्पन्न

पुस २२, फिदिम ।  फिदिम ४ पाँचथर स्थित श्री गढी माध्यमिक विद्यालयमा नेपाल बंगलादेश बैंकले पुस ४ गते अभिमुखीकरण गतिशीलता र नोट पहिचानको  १ हप्ताको प्रशिक्षण सम्पन्न गरेको छ । 

यस बैंकले मैत्री समाज नेपालको सहायताले सो विद्यालयका ३० दृष्टिविहिन विद्यार्थीहरुलाई अभिमुखीकरण गतिशीलता र नोट पहिचानको  १ हप्ताको प्रशिक्षण सम्पन्न गरेको हो । 

सो प्रशिक्षणमा कुल १७ छात्र तथा १३ छात्राहरु भाग लिएका थिए । यस प्रशिक्षणले विद्यार्थीहरुलाई सामान्य मार्गनिदेशन, दिशा परिवर्तन, सागुँरो ठाउँमा हिँडडुल, भर्याङ्ग, माथिल्लो तथा तल्लो शरीरको भागको सुरक्षा, विभिन्न ठाउँमा बस्ने तरिका, एक्लै हिँडडुल गर्ने तरिका सिकाई सेतो छडी लिएर हिँड्ने तथा सो छडीका भागहरु बारे पर्चा वितरण गरिएको थियो । 

Image result for नेपाल बंगलादेश

 यस प्रशिक्षणको अन्त्यमा सहभागी विद्यार्थीहरुलाई बैंकको फिदिम शाखाका शाखा प्रमुख श्री राज कुमार थापाले  प्रमाणपत्र हस्तान्तरण गरेका थिए । 

यस्ता कार्यक्रमले समाजका अशक्त असहाय वालवालिकाहरुलाई अति आवश्यक प्रशिक्षण दिने र भविष्यमा यस्ता कार्यक्रम गरिरहनु पर्ने भनी शाखा प्रमुखले आफ्नो मन्तव्य व्यक्त गरेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *