एउटा फिल्म गरे बापत बिजयले लिए १०० करोड पारिश्रमिक
मकालु खबर
२०७६ पुस २२ गते
पुस २२, काठमाडौँ । तमिल फिल्मका सुपरस्टार बिजयले एउटा फिल्म गरे बापत १०० करोड पारिश्रमिक लिएर नायक रजनीकान्तको रेकर्ड तोडेका छन् ।
पछिल्लो समय सुपरहिट फिल्म दिएका विजयले ‘थलपथी ६५’ नामक फिल्म गरे बापत १०० करोड पारिश्रमिक लिएको भारतिय मिडियाले जनाएका छन् । यस चलचित्र भन्दा अघी मेगास्टर रजनीकान्तले फिल्म ‘दरबार’को लागि ९० करोड पारिश्रमिक लिएका थिए ।
विजयको लागि १०० करोड तिरेका निर्माताले यसबारे अहिलेसम्म आधिकारिक घोषणा भने गरेका छैनन् । उनले उक्त फिल्मको लागि सन पिक्चर्ससँग एक सय करोडमा सम्झौता गरेको खबर बाहिरिएको छ । विजयलाई सन पिक्चर्सले ५० करोड दिइसकेको खबर समेत सार्वजनिक भएको छ ।
मकालु खबर
२०७६ पुस २२ गते
प्रतिक्रिया
सम्बन्धित