यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी राणा निलम्बन

माघ १७, काठमाडौं । संघीय प्रहरी इकाइ धरानमा कार्यरत् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई निलम्बन गरेको छ । 

राणाले एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उनलाई निलम्बन गरिएको स्रोतले जनाएको छ । 

गृह मन्त्रालयका प्रवक्ता सह–सचिव केदारनाथ शर्माले राणालाई गत बिहीबार निलम्बन गरिएको बताएका छन् । उक्त विषयमा अनुसन्धान गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ । 

null

गत कात्तिकमा धरानकी एक महिलाले राणाविरुद्ध गृह मन्त्रालयमा समेत उजुरी लिएर गएकी थिइन् । ती महिलाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृह सचिव प्रेमकुमार राई लगायतलाई भेटेर एसएसपीबाट आफू पीडित बनेको बताएकी थिइन् ।   

यता आरोपित एसएसपी राणाले महिलाको आरोप अस्विकार गर्दै आइरहेका छन् ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *