रत्ननगरमा सवारी दुर्घटना, एक जनाको मृत्यु
मकालु खबर
२०७६ पुस २२ गते
पुष २२, चितवन। चितवनको रत्ननगरमा सोमबारराती भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका ४ देबैली स्थित भित्री सडकखण्डमा रोकिराखेको ना ५ ख ६४४५ नम्वरको मिनि ट्रकमा सौराहाबाट टाँडीतर्फ आउँदै गरेको ना ३८ प ८३२८ नम्वरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि रत्ननगर नगरपालिका ४ देबौलीका ३० बर्षिय अजय चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । दुवै सवारीसाधन र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकालु खबर
२०७६ पुस २२ गते
प्रतिक्रिया
सम्बन्धित