बिहिबार सुनचाँदीकै मूल्य स्थिर, जान्नुहोस् आजको भाउ ?

माघ २, काठमाडौँ । बुधबार तोलामा ७ सय रुपैयाँ बृद्धी भएको सुनको भाउ बिहिबार स्थिर भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

बुधबार प्रतितोला ७४ हजार ७ सय रुपैयाँले कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्य यथावत् रहेको  महासंघले जनाएको छ ।  महासंघका अनुसार हिजो प्रतितोला ७४ हजार ४ सय रुपैयाँले कारोबार भएको तेजाबी सुन पनि आज सोही मूल्यमा कारोबार भईरहेको छ ।   

बिहिबार  चाँदीको मूल्य पनि स्थिर भएर बुधबार  प्रतितोला  ८ सय ८५ रुपैयाँले बिक्रीबितरण भएको चाँदी आज पनि सोही मूल्यमा बिक्रीबितरण भईरहेको छ ।   

Related image

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *