प्रदेश २ सरकारले छोरी शिक्षा बीमाको रकम पुर्यायो ३ लाख

माघ १७, काठमाडौं । प्रदेश २ सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत छोरी शिक्षा बीमाको रकम ३ लाख पुर्याएको छ ।   

सरकारको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले  ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत २० वर्षपछि प्रत्येक छोरीलाई ३ लाख रुपैयाँ बीमा रकम दिने घोषणा भएको जानकारी दिए । उनका अनुसार २०७५ माघ १ गतेपछि जन्मिएका छोरीहरुले २० वर्ष पुगेपछि ३ लाख प्राप्त गर्नेछन् ।   

प्रदेश २ मा २०७५ माघ १ पछि जन्मेको छोरीहरुको १ लाखको शिक्षा बीमा अभियान चलाउँदै आएकोमा अबदेखि ३ लाख रुपैयाँ पुर्याइएको हो ।   

स्थानीय सरकारले सहयोग गरेमा उक्त रकम बढाएर २० वर्षमा २० लाख पुर्याउने लक्ष्य रहेको मुख्यमन्त्री राउतले सुनाए ।   

छोरी शिक्षा बीमाअन्तर्गत हालसम्म करिब १५ हजारको बीमा प्रदेश सरकारले गरिसकेको छ। बीमा गराइसकेका छोरीहरुले समेत यो सुविधा पाउने भएका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *