जिप्रकाले १ हजार धरौटीमा छाडे लगत्तै पुनः पक्राउ गरे १२२ चिनियाँ नागरिक

पुस २१, काठमाडौं । पक्राउ परेका १२२ जना चिनियाँ नागरिक अध्यागमन विभागको नियन्त्रणमा परेका छन् । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार अभद्र व्यवहार सम्बन्धी कसुरमा एक हजार रुपैयाँ धरौटी तिरेर ती चिनियाँ नागरिकलाई छाड्न आदेश दिएको भएपनि काठमाडौं प्रहरी परिसर टेकुले आदेश लगत्तै अध्यागमनमा बुझाएको छ । 

‘अभद्र सम्बन्धी व्यवहारमा छुटकारा पाएपनि उनीहरुले अध्यागमन सम्बन्धी कानून उल्लंघन गरेकाले विभागको जिम्मा लगाइएको हो ।’ काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने । सुवेदीका अनुसार पक्राउ परेका मध्ये ३० जनासँग मात्र पासपोर्ट भएको र अन्य सबै अनाधिकृत रुपमा नेपाल बसेको ठहरिन्छ । 

null

बाँकी रहेकाले पनि पर्यटक भिसामा अन्य गतिविधि गर्नू अध्यागमन कानून विपरित रहेकोले अध्यागमन विभागमा बुझाइएको हो । सुवेदीले थप कसुर विभागको अनुसन्धानले नै खुलाउने बताए । विभागका महानिर्देशक ईश्वरराज पौडेलले आज सोमबार चिनियाँ नागरिकमाथिको थप प्रक्रिया सुरु हुने जानकारी दिएका छन् ।   

विभागले अनुसन्धानपछि १ सय २२ जनालाई देश निकाला गर्न सक्ने देखिएको छ । नेपाल र चीनको संयुक्त अपरेशन भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले ७ पुसमा १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । 

यसअघि चीनको विदेश मन्त्रालयका एक प्रवक्ताले नियमित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा नेपालमा पक्राउ परेका चिनियाँहरू सीमापार साइबर अपराधमा संलग्न रहेकोले दुई देशको संयुक्त प्रयासमा पक्राउ परेको बताएका थिए। 

जुलाईदेखि डिसेम्बर महिनाबीच काठमाण्डू आएका झण्डै ७६ हजार चिनियाँ पर्यटकमध्ये ८७६ जना कम्बोडियाबाट आएको अध्यागमन विभागको विवरणले देखाएको छ। 

टेलिकम र इन्टरनेटको ठगी प्रकरणमा त्यही समयमा कम्बोडियाबाट थुप्रैलाई देशनिकाला गरिएको थियो। कतिपय चिनियाँहरू ‘नयाँ सुरक्षित हब’को रूपमा नेपाल छिरेको हुन सक्ने आधारमा प्रहरीले खोजी गरिरहेको बताइन्छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *