इष्टर्न स्टार कृषि सहकारी संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न
पुस १९, विराटनगर । शनिबार राष्ट्रिय सहकारी बैंकका संचालक अमृता सुब्बाको प्रमुख आथित्यमा इष्टर्न स्टार कृषि सहकारी संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभामा सहकारी संघ मोरङका अध्यक्ष डिल्लि पोखरेल कार्यक्रममा बोल्दै सहकारी संस्था नेपालको सबै भन्दा ठुलो संगठन रहेको र सहकारी संस्थामा विभिन्न जातजाति, समुदायमा पुग्न सफल एउटा सशक्त संगठन रहेको बताए ।
सहकारी मार्फत मुलकमा आर्थिक सम्वृद्धिको पाटोमा ठुलो फड्को मार्न सकिने उनको भनाई छ । विगतको डाटा भन्दा पछिल्लो समयको डाटा अनुसार नेपाली कृषि क्षेत्रमा ह्रास आएको र देश कृषि प्रदान भन्दा पनि रेमिटान्स प्रदान भएको उनको भनाई रहेको थियो । उनले जब सम्म देशमा कृषि क्रान्ति हुँदैन तब सम्म मुलुक आर्थिक समृद्धिको पाटोमा नजानेमा जोड दिए ।
त्यस्तै, मोविल्याण्ड ग्रुप अफ कम्पनीका अध्यक्ष दिनेश दर्शनधारीले कृषि सहकारी आर्थिक समृद्धिको मेरुद्दण्ड भएकाले सम्पुर्ण शेयर सदस्य कृषि सहकारीमार्फत सामूहिक आर्थिक विकासमा लाग्नुपर्ने धारण राख्दै शुभकामन व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा सहकारीका अध्यक्ष यशोदा राईले वार्षिक प्रतिवेदन पेस गर्दै सहकारीको प्रगतिमा साथ दिने सम्पूर्णमा धन्यवाद दिदैँ आगामि दिनमा पनि साथ सहयोग र हौसलाको अपेक्षा रहेको बताएकी छन् । भने कार्यक्रममा उत्कृष्ट कर्मचारी सविन कपालिलाई सम्मान गरिएको थियो ।