ट्रम्पद्वारा मोदीको तारिफः कति साँचो कति झुटो ?
फागुन १३, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दुई दिवसीय भारत भ्रमणका क्रममा हजारौँ मानिसहरुलाई सम्बोधन गरे । उनले भाषणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि खुब प्रशंसा गरे ।
उनले मोदी सरकारका हालसालैका नीतिहरुले भारतको विकासमा अहम् भूमिका खेल्दै गरेको बताए । ट्रम्पको पहिलो दाबी थियो कि २१ औं शताब्दीको सुरुवातदेखि आजसम्म भारतीय अर्थव्यवस्थामा ६ गुणा वृद्धि भएको छ । यसमा ट्रम्पको दाबी सही छ ।
सन् २००० मा अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार भारतीय जीडिपी ४७७ अरब डलर थियो । तर २०१९ मा भारतीय जीडिपी २९४० अरब डलर पुगेको थियो ।
यो सन् २००० को आँकडाको तुलनामा ६.२ गुणा वृद्धि हो । २०१९ मा आईएमएफको विश्वव्यापी आर्थिक दृष्टिकोणमा देखिएको आँकडा अनुसार भारत विश्वको पाँचौं ठूलो अर्थतन्त्र बनेको छ ।
त्यस्तै ट्रम्पले एक दशकमा भारतले २० करोड मानिसलाई गरिबीबाट बाहिर निकालेको दाबी गरेका थिए । २०१९ को यूएन रिपोर्टका अनुसार २०१६ मा भारतमा पछिल्लो दश वर्षको तुलनामा २७१ करोड भन्दा कम मानिसहरु गरिबीको रेखामुनि थिए ।
यद्यपी सोही रिपोर्टमा गरिबको संख्यामा कमीका साथै ३६.४ करोड भारतीय स्वास्थ्य, पोषण, शिक्षा र सरसफाईको अभाव झेलिरहेको पनि उल्लेख थियो । उक्त रिपोर्टमा यो पनि भनिएको छ कि गरीबीको रेखामुनि रहेका एक चौथाई भारतीय १० बर्ष भन्दा कम उमेरका छन्।
ट्रम्पको तेस्रो दाबी थियो– ‘मोदीको कार्यकालमा भारतमा पहिलो पटक हरेक गाउँमा बिजुली पुगेको छ ।’
२०१८ मा मोदी सरकारले घोषणा गरेको थियो कि भारत सरकारले हरेक गाउँमा बिजुली पुर्याउने लक्ष्य पुरा गरेको छ ।
सरकारका अनुसार यदी एक गाउँमा दश प्रतिशत मानिसहको घरमा, सार्वजनिक स्थानहरु स्कूल, स्वास्थ्य केन्द्र आदी स्थानमा बिजुलीको पहुँच छ भने यो मान्न सकिन्छ कि त्यो गाउँमा बिजुली पुगेको छ । २०१४ मा मोदी प्रधानमन्त्री नबन्दासम्म भारतका ६ लाख गाउँमध्ये ९४ प्रतिशत गाउँसम्म बिजुली पुगेको छ ।
त्यसैगरी ट्रम्पको चौँथो दाबी राजमार्ग निर्माणको रफ्तार दुई गुणा बढेको छ । यो साँचो हो कि नरेन्द्र मोदी सत्तामा आएपश्चात भारतको राजमार्गको कुल लम्बाईमा उल्लेखनीय वृद्धि भएको छ।
सरकारले २०१८–१९ मा १० हजार किलोमिटर दूरीको राजमार्ग बनाएको छ । यो २०१३–१४ मा कांग्रेस सरकारद्वारा बनाइएको हाईवेको कुल लम्बाई भन्दा दुई गुणाभन्दा ज्यादा हो । सरकारले यस वर्ष पनि यस्तै लक्ष्य राखेको छ । नोभेम्बर २०१९ सम्म मात्रै ५९५८ किलोमिटर हाईवे बनाइसकेको छ ।
त्यस्तै भाषणका क्रममा ट्रम्पले ६० करोड मानिसहरुसँग शौचालय भएको दाबी गरे । खानेपानी एवम् ग्रामीण सरसफाई विभागबाट प्राप्त जानकारी अनुसार १० करोडभन्दा बढी शौचालय बनाइएको छ । अप्रिल २०१८ मा मोदीले भारत खुल्ला दिसापिसाब मुक्त घोषणा गरेका थिए । यद्यपी अहिले पनि खुल्ला स्थानमा दिसा गर्नु सामान्य छ ।