एन आई सी एशियामा खाता खोल्दा २ लाख बढी फाइदा

  

फागुन ८, काडमाडौं ।  एन आई सी एशिया बैंकमा खाता खोल्दा २ लाख रुपैयाँ भन्दा बढी फाइदा हुनेभएको छ । बैंकले ल्याएको न्यू चमत्कारिक बचत खाता योजना अन्तर्गत ल्याएका विभिन्न खाता सुविधाहरूमार्फत ग्राहकहरुलाई २ लाख १४ हजार फाइदा हुने भएको हो । ग्राहकहरूले ३० चमत्कारिक फाइदा पाउने छन् ।   

एन आई सी एशिया बैंकसँग आवद्ध हुने ग्राहकहरुले अनुमान गरेभन्दा बढि सुविधा पाउने छन् । ग्राहकले प्राप्त गर्ने उक्त फाइदाहरू अतुलनीय र असिमित नै छन् । 

बैंकले यो योजना अन्तर्गत खाता खोल्दा न्युनतम पचास हजार देखि २ लाख १४हजार रूपैयाँसम्मको फाइदा पाउने सुविधा दिएको छ । उक्त खाता खोल्ने ग्राहकले अतुलनीय तथा असिमित फाइदाहरूबाट लाभ लिनसक्नेछन् ।   

बीमा सम्बन्धी ३ आकर्षक चमत्कारिक फाइदा, कर्जामा २ चमत्कारिक फाइदाका साथै २५ वटा अन्य चमत्कारिक फाइदाहरू बैंकले अघि सारेको छ । 

२१ लाख रूपैयाँको बीमा सुविधा बैंक बाहिरबाट लिँदा भन्दा बैंकको न्यू चमत्कारिक खाताअन्तर्गत लिँदा करिब १४हजार रूपैयाँ बराबरको फाइदा हुनेछ ।   

बैंकले दुर्घटना बीमा, घातक रोगहरू र मेडिकल बीमा अन्तर्गत २१ लाख रूपैयाँ बराबरको बीमा सुविधा प्रदान गरेको छ ।   

बीमा सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा उपलब्ध हुनेछ । 

१८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्मको बीमा सुविधा र १ लाख रूपैयाँसम्मको औषधि उपचार (मेडिकल) बीमाको लाभ समेत खातावालाले पाउनेछन् ।   

मेडिकल बीमा अन्तर्गतका सामान्य खर्च जस्तैः डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि खर्च लगायतका खर्चहरु बापत २० हजार रूपैयाँसम्म र अस्पताल भर्ना वापत ८० हजार रूपैयाँँसम्मको हकदार ग्राहक हुनेछन् ।   

खुद्रा कर्जा प्रवाह गर्दा २ चमत्कारिक फाइदा 

योसँगै खुद्रा कर्जा प्रवाह गर्दा २ चमत्कारिक फाइदाहरू छन् । खातावालालाई कर्जाको प्रशासनिक शुल्कमा २५ बेसिस प्वाइन्टसम्मको छुट प्राप्त हुनेछ । कर्जा ब्याजदरमा विशेष सहुलियतको सुविधा दिइएको छ । यस बचत खाता हुने ग्राहकले ५० लाख रूपैयाँको कर्जा उपयोग गर्नेछन् । ग्राहकलाई करिब १ लाख १३हजार रूपैयाँ बराबरको ब्याज तथा कर्जा प्रशासनिक शुल्कमा फाइदा पुग्छ । 

यसबाहेक डेबिट/क्रेडिट कार्ड, खुद्रा कर्जा प्रशासनीक शुल्कमा तथा ब्याजदरमा छुट, कुनैपनि बैंकका एटिएम मेसिनबाट रकम झिक्दा निशुल्क, लकर मार्जिन शुल्क छुट, मासिक निक्षेप सुविधा निःशुल्क, डिम्याट खाता निःशुल्क, ई–कमर्श निशुल्क, निःशुल्क होम बैंकिङ्ग, स्वीप इन–स्वीप आउट जस्ता २५ चमत्कारिक सुविधाबाट ग्राहकलाई ८७ हजार रूपैयाँसम्मको फाइदा हुनेछ । 

स्वीप इन–स्वीप आउट सुविधा 

बैंकले नेपालमै पहिलोपटक अत्यन्त पृथक एवं लाभदायी स्वीप इन– स्वीप आउट सुविधा ग्राहक महानुभावहरू सामु पस्केको छ । यस बैंकको स्वीप इन– स्वीप आउट सुविधा अन्तर्गत बैंकले न्यू सुपर चमत्कारिक बचत खातामा २ लाख रूपैयाँभन्दा बढी रकमलाई १० हजारले गुणन गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुनेछ । बचत खातामा ६.५% ब्याजदर पाइरहेको ग्राहकले मुद्धती खातामा जाने वित्तीकै ९.७५% सम्मको ब्याज पाउनेछन् । 

बैंकले देशभर ३१९ शाखा कार्यालयहरु, ४४५ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत देशको सर्वाधिक ठूलो वित्तीय सञ्जाल मार्फत सहज रुपमा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।   

हालसम्म बैंकले बीमा रकम बापत देशभरका १ सय २ जना चमत्कारिक तथा सुपर चमत्कारिक खातावालालाई तीन किसिमका बीमा योजनाहरू घातक रोग, खातावालाको दुर्घटनाबाट मृत्यु वा पूर्णरुपमा अशक्त र अस्पताल भर्ना भएबापत करिब ६० लाख बीमा रकम उपलब्ध गराइसकेको छ ।   

मेडिकल बीमा वापत ३७ लाख १२ हजार ६३ रूपैयाँ, घातक रोगहरूको लागि १५ लाख रूपैयाँ र दुर्घटना बीमा वापत ७ लाख ८६ हजार ५ सय ५६ रूपैयाँ सुविधा पाएका छन्  । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *