आश्रमबाट ‘तपस्वी’ बमजनका एक शिष्य पक्राउ !

माघ २४, काठमाडौं । बलात्कार र हत्या, हिंसालगाएतका विभिन्न आरोप लागेका ‘तपस्वी’ रामबहादुर बमजनलाई पक्रन सिन्धुली पुगेको प्रहरी टोलीले आश्रमबाट उनका एक शिष्यलाई नियन्त्रणमा लिएको छ । 

बमजनसम्बद्ध बोधी धर्म श्रवण सङ्घका केन्द्रीय सदस्य छत्र घिसिङका अनुसार बमजनका शिष्यहरूले ‘महामार्ग गुरु’ भन्ने गरेका ज्ञानबहादुर बमजन ‘झ्याम्पा तोप्चेन’लाई प्रहरीले पक्राउ गरेको हो ।   

बिहानै आश्रम पुगेको नेपाल प्रहरीको टोलीले सोधपुछपछि उनलाई नियन्त्रणमा लिएको बताएको छ ।   

तर जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी नायब उपरीक्षक श्याम खत्रीले कसैलाई पनि पक्राउ नगरिएको जानकारी दिएका छन् ।   

आश्रममा प्रहरी आएको थाहा पाएपछि आफूहरू गएको तर प्रहरीले प्रवेश गर्न नदिएको घिसिङको भनाइ छ। 

केही प्रहरीहरू अहिले पनि आश्रममै छन्। 

यसैबीच तपस्वी बमजन भने आश्रमा नरहेको बताइएको छ ।   

बमजनमाथि हत्या, यौन हिंसा र अनुयायीहरुलाई  बेपत्ता पारेको विभिन्न आरोपहरू लाग्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *