सुनसरीमा बस र हायस गाडी ठाेक्कियाेः ४ जनाकाे मृत्यु, १३ घाइते (नामावलीसहित)

माघ १९, काठमाडौं । सुनसरीको तित्रृबनामा बस बस र हायस गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।   

इटहरीबाट इनरुवातिर जाँदै गरेको बा५ख ३१५७ नम्बरको हायस गाडी र इनरुवाबाट इटहरीतिर आउँदै गरेको ना६ख ७९५ नम्बरको बस एकापसमा ठोक्किदा दुर्घटना भएको हो ।   

आज (आइतबार) भएको दुर्घटनामा ज्यान गुमाउनेमा झापा धरमपुरकी १८ बर्षीय गरिमा गौतम, भद्रपुर घर भई हाल काठमाडौं बस्ने हेमराज कोईराला, उनकी पत्नी डोलमाया कोइराला र हाइस चालक दिपक खड्का रहेका छन् ।   

गरिमाको धरानमा उपचारको क्रममा मृत्यु भएको हो भने अन्यको घट्नास्थलमै मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।   

घाइते हुनेहरुमा मोरङ सुन्दरहरैचा ९ कि २९ वर्षीया रबिना चौहान, दमक–३ का ३० वर्षीय बम बहादुर बस्नेत, झापा भद्रपपुरका १२ वर्षीय विन्यास काफ्ले, झापा धरमपुर ९ का ३७ वर्षीय होम बहादुर दर्जी, झापा भद्रपुर–१० का ४५ वर्षीय टंक प्रसाद काफ्ले रहेका छन् ।   

त्यस्तै मोरङ पथरी–३ का ४९ वर्षीय डिल्लिराम बासकोटा, भद्रपुर–१० कि ४१ वर्षीय तारा कुमारी राय, भद्रपुर–३ कि ३८ वर्षीया माया काफ्ले, झापाकि ३५ वर्षीया साबित्रा राई, सहचालक सोलुका २३ वर्षीय केदार बस्नेत, झापा कचनकवल गाउँपालिका– २ का २५ वर्षीय श्रीकृष्ण चौहान, काठमाडौं अनामनगर बस्ने सुधिर श्रेष्ठको छोरी ७ वर्षीय अग्रता श्रेष्ठ र अनामनगर बस्ने २८ वर्षीया रमुना श्रेष्ठ पनि दुर्घटनामा घाइते भएका छन् ।   

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको इटहरीको एपेक्स अस्पताल, धरान घोपा, विराटनगरको गोल्डेन अस्पताल लगायतमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *