जनकपुरमा एक महिला बलात्कृत, दुईजना पक्राउ

फागुन ५, जनकपुरधाम । जनकपुरमा सोमबार बिहानै एक महिलामाथि सामूहिक बलात्कार भएको छ । जनकपुरधाम उपमहानगरपालिका ४ विश्वकर्माचोकमा बिहान अन्दाजी ३५ वर्षीया एक महिलामाथि चार जनाको समुहमा आएकाले बलात्कार गरेको बताइएको छ ।   

बलमत्कार गर्ने मध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका ७ का २५ वर्षीय नरेश महतो र भारत बिहार मधुवनी कलुवाहीका ४९ वर्षीय राघवेन्द्र प्रसाद सिंह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।   

बलात्कृत भएकी महिला कहाँकी हुन् भन्ने अहिलेसम्म खुल्न सकेको छैन । घटनामा  संलग्न अन्य दुई जनाको खोजि भइरहेको पनि प्रहरीको भनाई छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *