काठमाडौं इन्ष्टीच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई ५० लाख सहयोग

फागुन १४, काठमाडाैँ ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्ष्टीच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई अस्पताल भवन निर्माणको लागि ५० लाख रुपैंया आर्थिक सहयोग गरेको छ । 

बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किओचका संस्थापक अध्यक्ष प्रा.डा.भगवान कोइरालाबीच समझदारीपत्रमा एक कार्यक्रममा बिच हस्ताक्षर भएको छ । सो कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले ५० लाख रुपैंयाको चेक किओचका संस्थापक अध्यक्ष कोइरालालाई हस्तान्तरण गरेका छन् ।  

किओचका संस्थापक अध्यक्ष  कोइरालाले हाल मुलुकभर करिब १ करोड २० लाख बालबालिका भएको र स्वास्थ्य उपचारको अवस्था कमजोर रहेकोमा बैंकको सिएसआरको पैसा बालबालिकाको उपचार हुने अस्पतालमा प्रयोग हुनु पूण्य कार्य भएको र यस्ता सहयोगले अधुरा परियोजनाहरु संचालनमा ल्याउन सघाउ पुग्ने बताए । 

 बैंक संचालक समितिका अध्यक्ष अधिकारीले राज्यको पहुँच नपुगेको ठाउँमा रा.वा.बैंकले सिएसआर मार्फत सेवा दिइरहेको बताएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत  श्रेष्ठले स्वास्थ्य, वातावरण संरक्षण, शिक्षा, खेलकुद लगायतको क्षेत्रमा बैंकले सिएसआर मार्फत सहयोग गरिरहेको बताए ।   

कार्यक्रम ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेतले संचालन गरेका थिए । कार्यकममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु कबिराज अधिकारी, केशबप्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु किओचका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *