सुनचाँदीकै भाउ घट्यो किन्ने होईन् ?

माघ २१, काठमाडौँ । सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार तोलामा ५ सय रुपैयाँ घटेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।   

सोमबार प्रतितोला ७६ हजार ५ सय रुपैयाँले कारोबार भएको छापावाल सुन आज  प्रतितोलो ७६ हजार रुपैयाँले कारोबार भईरहेको महासंघले जनाएको छ ।   

त्यसैगरी महासंघका अनुसार सोमबार प्रतितोला  ७६ हजार २ सय रुपैयाँले कारोबार भएको तेजावी सुन आज ७६ हजार ७ सय रुपैयाँले कारोबार भईरहेको छ ।   

Image result for सुनचाँदीकै भाउ घट्यो"

मंगलबार चाँदीको भाउमा पनि तोलामा १० रुपैयाँ घटेर प्रतितोला  ८ सय ८० रुपैयाँले कारोबार भईरहेको महासंघले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *